सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सबै उम्मेद्वारहरूको नामङकन पत्र सफल

IMG-20240328-WA0320.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीबाट ३२ विधानसभा अनि एउटा लोकसभा सांसद सिटबाट उम्मेद्वारिता दिने सबै उम्मेद्वारहरूको नामाङकन पत्र जाँच भएपछि सबैको नामाङकन पत्रमा कुनै प्रकारको त्रुटी नभएको र सफल भएको जानकारी एसकेएम पार्टीकी प्रचार प्रसार शाखा सचिव रञ्जना प्रधानले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराइएकी छन्। नामाङकन पत्र सफल बनेपछि सिक्किम क्रान्तिरी मोर्चा पार्टी सुनौलो, समृद्ध अनि विकसित सिक्किमको उद्देश्य बोकेर चुनावी मैदानमा उत्रिएको पनि पार्टीद्वारा जारी गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीले उम्मेद्वार चयन गर्ने प्रक्रियामा कुनै पनि प्रकारको भेदभाव नगरी युवा, नारी अनि अनुभवी व्यक्तिहरूलाई चयन गरेर मैदानमा उतारेको पनि बताइएको छ। सबैको नामाङकन पत्र दर्ता सफल बनेकोमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि सिक्किमे जनताको पक्षमा बधाई दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement