गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज रोङ्गेस्थित सा नोर छोत्सोङ गुम्बाको भ्रमण गर्दै त्यहाँ पुजा अर्चना गरे। यो अवधि उनीसँग सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका मुख्य समन्वय सोनाम लामाको पनि उपस्थिति रहेको थियो। उनले यहाँ पूजा अर्चना गर्दै महायाना शाक्याका प्रमुख ४१औं शाक्य गोङ्मा त्रीचेन दोर्जी छाङ रिम्पोचेबाट आशिर्वाद ग्रहण गरे। परमपावन रिम्पोचेबाट मुख्यमन्त्री तामाङले आशिर्वाद स्वरुप वाइट ताराको प्रतिमा पनि ग्रहण गरे।











