पीआर श्रीजेश एफआईएच एथलीट समितिका सह अध्यक्ष नियुक्त

IMG-20240328-WA0324.jpg

नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमका सीनियर गोलकीपर पीआर श्रीजेशलाई एफआईएच एथलीट समितिको सह-अध्यक्ष बनेकोमा हकी इण्डियाका अध्यक्ष दिलीप तिर्कीले बधाई अनि शुभकामना दिएका छन्। अन्तर्राष्ट्रिय हकी महासंघ (एफआईएच)-ले बुधवार नयाँ एथलीट समितिको घोषणा गऱ्यो, जसको अध्यक्ष श्रीजेश र चिली महिला हकी टीमकी डिफेण्डर कामिला काराम हुनेछिन्। कारामलाई कार्यकारी बोर्डमा एथलीट समितिका प्रतिनिधि र सह अध्यक्ष बनाइएको छ जबकि श्रीजेशले सह अध्यक्ष हुनको साथै नियोजन र बैठकहरूमा अगुवाई गर्नेछन्। हकी इण्डियाका अध्यक्ष तिर्कीले एउटा विज्ञप्तिमा भनेको छन्, पीआर श्रीजेशलाई एफआईएच-मा यस्तो भूमिका प्राप्त भएको छ, जसले हकी खेलाड़ीहरूका जीवनलाई सीधै प्रभावित गर्न सक्नेछ। उनीसँग अपार अनुभव रहेको छ अनि खेलाड़ीहरूका हितमा उनले धेरै काम गर्न सक्छन्। एफआईएच एथलीट समिति सल्लाहकार एकाई हो, जसले एफआईएच कार्यकारी बोर्ड, समितिहरू, सल्लाहकार प्यानल र अन्य एकाईहरूलाई सल्लाह दिन्छ। यसरी श्रीजेशले भने, राष्ट्रिय टीमसँग प्रतिबद्धताहरूको साथमा अतिरिक्त जिम्मेवारीले म खुशी छु। खेल र खेलाड़ीहरूका हितमा निरन्तर कार्य जारी राख्नेछु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *