भारतीय सेनाको पहलमा पूर्व सिक्किमको भारत-चीन सीमाका चार गाउँलाई वैकल्पिक बिजुली उपलब्ध गराउन जेनेरेटर प्रदान

IMG-20240328-WA0323.jpg

गान्तोक: भारत-चीन सीमामा रहेको लगभग १३ हजार फिटको उच्चाईमा पर्ने थेगु, छाङ्गु, याकला र सेरेथाङ गाउँका मानिसहरूको निम्ति भारतीय सेना वरदान साबित भएका छन्। सेनाद्वारा अन्तरराष्ट्रिय सीमामा रहेका गाउँहरूको विकासको निम्ति संचालनमा रहेको अपरेशन सद्भावना २०२३-२४ कार्यक्रम अन्तर्गत आज चारवटा शक्तिशाली ४५ केवीए जेनेरेटर प्रदान गरेको छ। समाजको आधारभूत विकासहेतु भारतीय सेनाले गरिएको यो पहलले गाउँलेहरूलाई महत्वपूर्ण योगदान हुँदै आएको छ। सेनाको ६३ पार्वतीय खण्ड र १७ पार्वतीय खण्डको अथक प्रयासले योगदान सफल भएको सेनाले बताएको छ। ६३ पार्वतीय खण्डका ब्रिग्रेडियर विजय सिंह मुख्य अतिथिको रूपमा उपस्थित भएर छाङ्गुका पंचायत मिङ्मा शेर्पा र याक्ला-सेरेथाङकी पंचायत छिरिङ याङ्जी शेर्पाको हातमा चारैवटा गाउँका निम्ति सेनाले प्रदान गरिएको जेनेरेटर हस्तान्तरण गरियो।भारत-चीन अन्तर्राष्ट्रिय सीमाको नजिकै सेनाले आयोजन गरेको हस्तान्तर कार्यक्रममा आफ्नो सम्बोधन राख्दै सेनाका अधिकारी बिग्रेडियर विजय सिंहले यो दुर्गम पहाडी क्षेत्रमा कर्मठ गाउँलेहरूलाई भारतीय सेनाको तर्फबाट अभिनन्दन गरे। उनले गाउँका सबै प्रतिनिधि पंचायत सबै गाउँलेहरूलाई सेनाको अपरेशन सद्भावनामा काँधमा काँध मिलाएर भाग लिएकोमा आभार प्रकट गरे। भारतीय सेनासित सहकार्यको निम्ति आभार प्रकट गर्दै भविष्यमा पनि कुनै पनि आवश्यकता रहेको खण्डमा भारतीय सेनाको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए। उनले सेनाका बहादुर जवानहरू र अधिकारीहरूलाई पनि धन्यवाद व्यक्त गर्दै सेनाले गाउँलेहरूसित मिलेर कार्य गरिरहेकोमा खुशी व्यक्त गरे।यसैगरि छाङ्गु गाउँका पंचायत मिङ्मा शेर्पाले सेनाको सेवाकार्यको निम्ति सराहना गर्दै गाउँले जनताको तर्फबाट धन्यवाद व्यक्त गरे। उनले क्षेत्रमा सेनाले प्रदान गरेको सबै सेवा सुविधाले गाउँलेहरूको कठीन जीवन धेरै सहज भएको आशय व्यक्त गरे। उनले सेनाद्वारा चाँडै एउटा एम्बुलेन्स पनि प्रदान गर्न गइरहेको जुन कुराले धेरै सहयोग हुने बताए। यसैगरि यो जेनेरेटरको सही रखरखाव र व्यवस्थापनमा पञ्चायत र जनताले मिलेर सहकार्य मार्फत कार्य गर्ने बताए।

अर्कोतिर याक्ला सेरेथाङकी पंचायत सदस्या छिरिङ याङ्जी शेर्पाले चिसो मौसममा धेरै बिजुलीको समस्या हुने भएको हुनाले त्यसलाई ध्यानमा राखेर जेनेरट प्रदान गरेकोमा आभार प्रकट गरिन्। यसै गरि पुजास्थल, समुदायिक भवन निर्माणमा पनि योगदान दिइरहेको बताइन्। सेनाले दिएको सुविधाहरूलाई सही रूपमा व्यवस्थापन गर्ने जनताको जिम्मेवारी रहेको बताए। छाङ्गु गाउँका गाउँबुढा उगेन भोटियाले सेनालाई आभार प्रकट गरे। उनले गाउँलेहरूले प्राप्त गरेको सुविधा आफैले संरक्षण गर्नुपर्ने बताए। उनले भने, ‘सेना छ र नै हामी छौं सेना छैन भने हामी छैनौं।‘ कार्यक्रममा स्थानी जनताको उपस्थिति रहेको थियो भने सेनाले यो अपरेशन सद्भावनालाई निरन्तर राख्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *