नेपालमा वैदेशिक लगानीको वातावरण सहज रहेको गभर्नर अधिकारीको दाबी

IMG-20240328-WA0332.jpg

काठमाडौ: वैदेशिक लगानीका निम्ति नेपालमा सहज वातावरण रहेको कुरा नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले बताए। नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्यांक (एआईआईबी)को टोलीसँगको भेटघाटमा गभर्नर अधिकारले वैदेशिक लगानीको निम्ति राज्यले सब प्रकारको सहजता उपलब्ध गराउने बताएका छन्। गभर्नर अधिकारीले नेपालमा वैदेशिक लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्था विषयमा भ्रमण टोलीलाई जानकारी गराएका थिए। नेपालको पूर्वाधार विकासको निम्ति आन्तरिक स्रोत अपुग रहेको बताउँदै अधिकारीले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनसहितका पूर्वाधार क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए।भेटघाटको अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको निम्ति नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्न सक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरसहितका विषयमा चासो राखेका थिए। उनीहरुले नेपालमा जलवायु परिवर्तनका कारण सृजना हुने चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासका विषयमा अभिरूचि राखेका थिए। कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसर समेतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *