राजगञ्ज: राजगञ्जका विधायक खगेश्वर रायले होलीको दिन राजगञ्जको अम्बाडीमा पिकअप भ्यानले ठक्कर दिँदा मृत्यु भएका बालकको परिवारलाई भेटे। आज घर गएर परिवारमा सम्वेदना प्रकट गर्दै साथमा रहने आश्वासन पनि दिएका छन्। यो घटना सोमबार अम्बरी–हाथिमोड प्रदेश सडकको अम्बारीको कालोनी नम्बर ९ मा भएको हो। त्यस दिन दिउँसो सामान बोकेको पिकअप भ्यान हाथिमोडबाट अम्बाडीतर्फ जाँदै थियो। त्यसपछि कालोनी नम्बर ९ इलाकामा पिकअप भ्यानले सडक छेउमा रहेका साढे तीन वर्षीय बालकलाई ठक्कर दिएको थियो। जसका कारण बालकको घटनास्थलमै मृत्यु भएको हो। आक्रोशित भीडले पिकअप भ्यानमा आगजनी गरेको छ। खबर पाएलगत्तै अम्बाडी थानाको पुलिसदल घटनास्थल पुगेको थियो। दमकलको गाडी पनि घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। स्थिति नियन्त्रणमा लिन खोज्दा केही पुलिस घाइते भएका छन्। आक्रोशित भीडले पिकअप भ्यान चालकलाई कुटपिट गरेको छ। गम्भीर घाइते पिकअप भ्यान चालकलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनामा संलग्न चार जनालाई पुलिसले यसअघि नै पक्राउ गरिसकेको छ।यस सम्बन्धमा विधायक खगेश्वर रायले आफ्नो व्यस्तताका कारण मृतकका परिवारलाई भेट्न नसकेको बताए। बच्चाको आकस्मिक मृत्यु धेरै दुखद छ। पुलिसले निर्दोष जनतालाई दुव्र्यवहार नगर्नका लागि पुलिससँग वार्ता गरिनेछ। तर, त्यस्तो घटना भएमा आन्दोलित नहुन र कानून आफ्नै हातमा लिन स्थानीयलाई सुझाव दिइएको छ।