गुडिरहेको कारमा आगलागी, चालकले कसैगरी बचाए ज्यान

Screenshot_20240328_175144_WhatsApp.jpg

सिलगढी: अचानक गुडिरहेको कारमा आगो लाग्यो। आगलागी के कारणले भएको हो थाहा हुन सकेको छैन। तर, आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको छ। अर्कोतिर घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ। उक्त सडकमा केहीबेर यातायात ठप्प भएको थियो। लगत्तै पुलिसले आएर स्थिति सामान्य बनाएको थियो। बिहीबार दिउँसो सिलगढी डिभिजनको विधाननगर क्षेत्रको पेट्रोल पम्प नजिकै राष्ट्रिय राजमार्गमा एउटा सानो चारचक्के गाडीमा आगो लागेको बताइएको छ। कार चालकले कुनै तरिकाले कारबाट बाहिर निस्केर आफ्नो ज्यान बचाए। यसैबीच आगलागीको खबर फैलिएसँगै स्थानीयले आगो निभाउन थालेका छन्। दमकलको गाडी पनि त्यहाँ पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। तर त्यतिन्जेल गाडीको अधिकांश भागमा क्षति पुगेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *