फेरि राजनैतिक हिंसा

Screenshot_20240328_230105_WhatsApp.jpg

धारिलो हतियारले बीजेपी कार्यकर्ताले तृणमूल कार्यकर्ताको टाउकोमा गरे आक्रमण

काेलकत्ता: काेलकत्ता लोकसभा चुनावको प्रचारप्रसार तीब्र रुपमा चलिरहेको छ। सबै राजनीतिक दलका नेताहरु तयारीमा जुटेका छन् र राजनीतिक क्षेत्रमा प्रवेश गरेका छन्। यसैबीच, डायमण्ड हार्बर लोकसभा क्षेत्रको मशर आठ क्षेत्रमा राजनीतिक झडपको घटना बाहिर आएको छ। भाजपाका एक कार्यकर्ताले तृणमूल कार्यकर्तामाथि आक्रमण गरेका छन्। घाइते तृणमूल कार्यकर्ताको नाम कौशिक जाना हो। स्थानीय स्रोतका अनुसार बुधबार राति कौशिक राजनीतिक काम सकेर घर फर्किंदै थिए। कौशिक आफ्नो घर नजिकैको चिया पसलमा उभिरहेका थिए जब अचानक नवकुमार नस्कर नामक भाजपा कार्यकर्ताले कौशिकको टाउकोमा पछाडिबाट धारिलो हतियार प्रहार गरे। नवकुमारले कौशिकको टाउकोमा धारिलो हतियारले पटक पटक प्रहार गरेका थिए, जसका कारण कौशिक रगत बगेर ढलेका थिए। त्यसपछि स्थानीयले गम्भिर अवस्थामा रहेका कौशिकलाई उद्धार गरी उपचारका लागि डायमण्ड हार्बर सुपर स्पेशलिटी अस्पताल पुर्याएका थिए। सो घटनाका कारण नवकुमारलाई स्थानीयले समातेर नराम्ररी कुटपिट गरेका थिए। यस घटनाले इलाकामा व्यापक तनाव उत्पन्न गराएको थियो। डायमन्ड हार्बर थानाको पुलिस घटनास्थलमा पुगेर नवकुमारलाई उद्धार गरी डायमण्ड हार्बर सुपर स्पेशलिटी अस्पतालमा ल्याएको थियो। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ तर, भाजपा नेतृत्वले यस घटनाको जिम्मेवारी अस्वीकार गर्दै यस घटनासँग पार्टीको कुनै सम्बन्ध नरहेको बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *