तेजस एमके-१ए लड़ाकू विमानको पहिलो उड़ान

6605334b4ba4b-tejas-mk-1a-fighter-jet-first-flight-280721998-16x9-1.jpg

बेङ्गलुरू: रक्षा क्षेत्रमा भारतको स्वर्ण युग आज तेजस एमके-१ए लड़ाकू विमानको पहिलो उड़ानको साथ शुरू भएको छ। पूर्ण रूपमा स्वदेशी लाइट कम्ब्याट एयरक्राफ्टले आज दिनमा लगभग १:१५ बजी बेङ्गलुरूमा हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल) को हवाई अड्डाबाट उड़ान भऱ्यो।

भारतको नयाँ एडवान्स तेजस एमके-1ए ले आज पहिलो उड़ानको रूपमा हावामा १८ मिनट बितायो र १:३३ बजी सुरक्षित ल्याण्ड गऱ्यो।

एचएएल हवाई अड्डामा तेजस एमके-१ए लड़ाकू विमानको पहिलो उड़ानको निम्ति धेरै दिनदेखि तयारीहरू चलिरहेको थियो। उन्नत एलसीए फाइटर जेट (LA 5033) लाई आज बिहान लगभग ११:३० बजी आफ्नो पहिलो उड़ानको निम्ति अन्तिम समयको जाँचको सामना गर्नपऱ्यो। विमानलाई विश्वको सबैभन्दा पुरानो र सबैभन्दा एतिहासिक विमान घरहरूमध्ये एक एचएएलको विमान डिवीजनको ह्याङ्गरबाट बाहिर निकालियो। पहिलो उड़ानको तयारीहरूमा एडीए, एचएएल, एनएएल, डीआरडीओ र सीईएमआईएलसीए आदिका टीमहरूको अहम योगदान रह्यो।

स्वदेशी रूपमा विकसित तेजस एमके-१ए फाइटर जेटले २२ मार्चमा आफ्नो दोस्रो लो-स्पीड ट्याक्सी ट्रायल (एलएसटीटी) सफलतापूर्वक पूरा गरेको थियो। तबदेखि नै एचएएलका अध्यक्ष सीबी अनन्तकृष्णनले ऐतिहासिक उड़ानको तयारीमा सिस्टम अनुमतिको समीक्षा गरिरहेका थिए। आफ्नो पहिलो उड़ान शुरू गर्नअघि टेकअफ र ल्याण्डिङमा विमानको सुरक्षित संचालन सुनिश्चित गर्न धेरै आवश्यक परीक्षण गरियो। सफल एलएसटीटी र तेजस एमके-१ए को आज भएको पहिलो उड़ान भारतको एयरोस्पेस उद्योगको निम्ति एक महत्वपूर्ण उपलब्धी हो।

रक्षा मन्त्रालयले ८३ एलसीए तेजस एमके-१ए फाइटर जेटको निम्ति ३ फरवरी २०२१ मा एचएएलसंग डील फाइनल गरेको थियो। यही डीलको पहिलो ट्विन-सीटर ट्रेनर पछिल्लो साल ४ अक्टोबरमा एचएएलले वायुसेनालाई सुम्पेको थियो। भारतीय वायु सेनालाई यही महिनाको अन्तसम्म पहिलो ब्याचमा दुई तेजस एमके-१ए लडाकू विमान सुम्पिने तयारी चलिरहेछ। एचएएलबाट पहिलो ब्याचमा पाइने दुवै तेजस एमके-१ए लाई भारतीय वायुसेनाले आफ्नो हवाई बेड़ामा सामेल गर्नअघि कठोर निरीक्षण र परीक्षण गर्नेछ। आधुनिक वायु युद्धको हिसाबले एलसीए तेजस एमके-१ए फाइटर जेटमा एवियोनिक्स, हतियार र रखरखावमा ४३ प्रकारका सुधार गरिएका छन्।

फाइटर जेट एमके-१ए डिजिटल राडार चेताउनी रिसीवर, बाहिरी आत्म-सुरक्षा जैमर पड, उन्नत राडार, उन्नत दृश्य-सीमा (बीवीआर) हावाबाट हावामा मार गर्ने मिसाइलहरू र महत्वपूर्ण रूपमा उत्तम रखरखावको साथमा आउनेछ। एमके-१ए र एमके-२ वर्तमान एमके-१ विमानको तुलनामा धेरै राम्रो सुविधाहरू र प्रौद्योगिकीहरूको साथ आउनेछ। भारतीय वायुसेना पाकिस्तान विरूद्ध आफ्नो लड़ाकू तयारीहरू बढ़ाउन र सोवियत कालको मिग-२१ लड़ाकू विमानहरूलाई बिस्तारै बन्द गर्नुबीचको अन्तरलाई भर्न पश्चिमी क्षेत्रमा अगाड़ीका हवाई अड्डाहरूमा केही एलसीए तैनात गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement