विद्यार्थीद्वारा आत्महत्या

dead-body-Rep-Image

सिलगढी: परीक्षामा अनुत्तीर्ण भएपछि कक्षा ९ का एक विद्यार्थीले आत्महत्या गरेको समाचार छ। बागडोग्रा क्षेत्रको यस घटना अघि आएपछि क्षेत्रमा सनसनी मच्चियो। हिजो विद्यालयको परिणाम प्रकाशित भएको थियो, विद्यार्थी अनुत्तीर्ण भएको समाचार छन्। जसका कारण मानसिक रुपमा आघात पुगेको अनुमान गरिएको छ। आज बिहान झुण्डिएको अवस्थामा उनको शव भेटियो। घटनाले परिवार स्तब्ध भएका छन्। उनलाई देखेपछि परिवारका सदस्यहरूले एक निजी अस्पतालमा पुर्याए पनि त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनाको जानकारी पाएलगत्तै पुलिस घटनास्थलमा पुगेको थियो। पुलिसले घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाएको समाचार छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *