तृणमूलका उम्मेदवार निर्मल चन्द्र रायद्वारा धम्सा बजाएर प्रचार

Screenshot_20240328_171043_WhatsApp.jpg

जलपाईगढी: जलपाईगढी लोकसभा क्षेत्रका तृणमूल उम्मेदवार निर्मल चन्द्र रायले आज धम्सा बजाएर प्रचार गरे। आज बिहान उनी क्रान्ति ब्लक अन्तर्गत मौलानी ग्राम पंचायतका विभिन्न क्षेत्रमा प्रचार गर्दै आएका थिए। आवेदक निर्मलले स्थानीय शिव र काली मन्दिरमा पूजाआजा गरेर अभियान शुरु गरेका हुन्। त्यसपछि उनले विभिन्न क्षेत्रका कार्यकर्तासँग भेटघाट गरे। विभिन्न ठाउँमा सडक बैठक पनि गरे। उनले स्थानीय बासिन्दासँग अन्तरक्रिया गरी विकासको नाममा भोट मागे। चुनाव प्रचारमा क्रान्ति ब्लक तृणमूल कांग्रेस अध्यक्ष महादेव राय, ब्लाक महिला तृणमूल कांग्रेस अध्यक्ष कृष्ण राय, वरिष्ठ तृणमूल नेता करुणामय चक्रवर्ती र अन्य उपस्थित थिए। कार्यक्रमको अन्त्यमा निर्मलचन्द्र रायले प्रतिपक्षलाई कमजोर नमान्ने बताए। उनले प्रचारबाट भने निकै राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन्। उनले भने, ‘देशमा उत्पन्न हुने लोकतान्त्रिक खतराबाट देशलाई बचाउन जनताले तृणमूल कांग्रेसलाई भोट दिनेछन्।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *