खरसाङको शिवखोला निवासी अशोक लामा भाजपामा सामेल

IMG-20240328-WA0270.jpg

खरसाङ: खरसाङ विधानसभा समष्टी अन्तर्गत तीनधारे महानदी समष्टिको शिव खोला निवासी अशोक लामा ब्लोन आजदेखि भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनले सिलगढीस्थित सांसद राजु विष्टको घरमा सांसद राजु विष्टको बाहुलीबाट भारतीय जनता पार्टीको दलीय झण्डा ग्रहण गरेका छन्। अशोक लामा राजनीतिमा राम्रो पकड भएको तथा असल व्यक्तित्वका धनी र एक समाजसेवी रहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा भाजपा दार्जिलिङ जिल्लाको प्रवक्ता सञ्जीव लामा पनि उपस्थित रहेका थिए। यस अवसरमा प्रवक्ता सञ्जीव लामाले भने, हामी भाजपा दार्जीलिङ्ग जिल्ला समिति अनि सांसद राजु विष्टको पक्षबाट अशोक लामालाई भाजपा परिवारमा हार्दिकताको साथमा स्वागत जनाउँदछौं। दार्जीलिङ जिल्ला भाजपालाई अशोक लामाको उपस्थितिले थप ऊर्जा प्रदान गरेको हामीले महसुस गरेका छौं तथा संगठन र हाम्रा कार्यकर्ताहरूले जोजो अशोक तामाङ जस्तो कुशल व्यक्तित्व पाउनु सौभाग्यको कुरो हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement