कोलकाता: कोलकाता विमानस्थलको गेट नम्बर ५ नजिक रहेको वाच टावरबाट गोली चलेको आवाज सुनियो। बन्दुकको आवाजले विमानस्थलमा हलचल मच्चियो। विमानस्थलको गेट नम्बर ५ नजिकै रहेको वाच टावरबाट ड्युटीमा रहेका एक सीआईएसएफ सिपाही भुइँमा खसेको बताइएको छ। समाचार अनुसार उनले आफ्नै सर्भिस राइफलले आफैँलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गरेको प्रारम्भिक अनुमान छ। हवल्दारको घाँटीमा गोली लागेको थियो। स्रोतका अनुसार घटनापछि पुलिसलाई खबर गरियो। जवानलाई चिनार पार्क नजिकैको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ चिकित्सकले मृत घोषणा गरे। मृतकको नाम सी विष्णु हो अनि उमेर २५ वर्ष रहेको समाचारमा बताइएको छ। उनी तेलंगानाका बासिन्दा थिए। उनी २०२२ देखि सीआईएसएफमा कार्यरत थिए।