फुलबारीमा युवकको शव भेटिएपछि सनसनी

Screenshot_20240328_153914_WhatsApp

सिलगढी: फुलबारीको राजीवपाडा नहर मोर क्षेत्रमा बिहीबार बिहान ७ बजे एक युवकको झुण्डिएको शव भेटिएपछि पूरै क्षेत्रमा सनसनी मच्चियो। आज बिहान फुलबारी २ पंचायतको राजीवपाडा क्षेत्रमा रहेको नहरको छेउको खाली ठाउँमा एक युवकको झुण्डिएको शव स्थानीयले देखे। खबर फैलिने बित्तिकै घटनास्थलमा मानिसहरुको भीड लागेको थियो। सूचना पाएपछि नयाँ जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुग्यो। मृतक युवकको घर फुलबारी राजीवपाडा क्षेत्रमा रहेको बताइएको छ, मृत्यु हुने युवकको नाम २० वर्षीय देबाशिष राय बताइएको छ। पारिवारिक श्रोतका अनुसार देबाशिष मंगलबार घरबाट निस्केर घर फर्केका छैनन्। यो घटना आत्महत्या नभएको परिवार र स्थानीयको दाबी छ। सिलगढी महानगरीय पुलिसको न्यू जलपाईगढी थानाको पुलिसले शव बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाएको छ। साथै पुलिसले यस विषयमा सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement