ल्याटिन अमेरिकी क्लबमा सामेल हुने पहिलो भारतीय फूटबलर बने विजय छेत्री

IMG-20240328-WA0186.jpg

चेन्नई: उदीयमान भारतीय फूटबलर विजय छेत्री चेन्नईयन एफसी-बाट उरुग्वेमा कोलन फूटबल क्लबमा सामेल भएका छन्। उनी लोनमा दक्षिण अमेरिकी देशमा खेल्न गइरहेका छन्। मणिपुरको इम्फालमा जन्मिएका २२ वर्षीय विजय छेत्री यस सालको अन्तसम्म लोनमा कोलोन एफसी-मा खेल्नेछन् अनि क्लबसँग यस खेलाड़ीसँग स्थायी अनुबन्ध गर्ने विकल्प पनि रहेको छ। सेण्टर ब्याक पोजिशनमा खेल्ने विजय छेत्री ल्याटिन अमेरिकी क्लबसँग अनुबन्ध हासिल गर्ने पहिलो भारतीय फूटबर बनेका छन्। कोलोन फूटबल क्लब ११६ साल पुरानो पेशादार फूटबल टीम हो, जसको मुख्यालय मोण्टेवीडियोमा रहेको छ। यस क्लबले वर्तमानमा उरुग्वेको दोस्रो डीविजनमा प्रतिस्पर्धा गर्छ। चेन्नईयन एफसी-की सह मालिक वीटा दानीले विजयको सफलतामा खुशी व्यक्त गरेकी छन्। भारतका युवा प्रतिभाहरूलाई असल मञ्च प्रदान गर्ने आफ्नो प्रतिबद्धताअन्तर्गत दुईपल्टको आईएसएल च्याम्पियन चेन्नईयन एफसी-ले गत वर्ष जुलाईमा विजय छेत्रीलाई टीममा सामेल गरेको थियो। त्यसपछि क्लबका विशेषज्ञहरूका प्रशिक्षणमा यस युवा डिफेण्डरको कौशलमा धेरै निखार आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement