गजल

Gazal

अब फेरि पाँच वर्षको निम्ति मूर्ख हुने पालो आउँदैछ

निश्चिन्त बस्नु मासु, रक्सी र भातको जालो आउँदैछ

अरूको निम्ति कालो जान्छ सेतो आउँछ यो देशमा

ठीक उल्टो  हाम्रो निम्ति चैं सेतो गएर कालो आउँदैछ

भोटको बेला सिंह पनि बिरालो बन्छ म्याउँ म्याउँ गर्दै

अरूबेला अनेक सताए नि तुमी खूब भालोआउँदैछ

क्षणिक आनन्दमा रमाउँदै भोट हाल्नु तिम्रो अधिकार

नसुर्ताऊ भोट सकेपछि पुरानो कट्टुको टालो आउँदैछ

मात, उफ्र, चिच्याऊ, झगडा गर, अशान्ति गर यो भोटमा

पर्खी बस भोट सकेको केही दिनमा भड्खालो आउँदैछ

काम छउञ्जेलको भाँडो काम सकेपछिको ठाँडो तिमी

हेरी बस, के भन्यो नभन्नु भोट सकेपछि फालो आउँदैछ

साइनो सम्बन्ध,आदर सत्कार फल्ने फुल्ने हो यो समय

भोट माग्न अरू कोही होइन तम्रो आफ्नै सालो आउँदैछ

तिमी गरीब, लुम्रे झुम्रे, बेरोजगार भयौ त के भो र हेर त

यतिबेला नमस्ते गर्दै तिम्रो दैलोमा ठूलो ठालो आउँदैछ

शिक्षा, स्वास्थ्य, रोजगार कुनै मुद्दा नै होइन यतिबेला नी?

उ हेर भोट मलाईभन्दै लटरम्म पैसाको डालो आउँदैछ

र्याग्गिङ, बूथ क्याप्चर सब चल्छ प्रजातान्त्रिक प्रक्रियामा

जिताऊ तानाशाहीहरूलाई तिम्रो मुखमा तालो आउँदैछll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement