रुद्रमणि खुलाल छेत्रीले पूरा गरे वनविज्ञानमा विद्यावारिधि

image-3

गान्तोक:  ‘हरियो वन विश्वको धन’को सञ्चयन गर्न आज विश्व नै लागिपरेको छ। यसको निम्ति सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष समान रूपले अग्रसर बन्न नितान्त आवश्यक छ। जैविक राज्य भनी चिनिएको सिक्किम राज्य हरित क्रान्तिमा वैज्ञानिक रूपले पनि अघि बड़्दो छ।देशको हरेक राज्यमा वनस्पति-विज्ञानलाई अरु बड़ाएर वनविज्ञान (फरेष्ट्री)सम्म पुर्याईयो पढ्नु-पढाइनु पर्ने विषय पनि बनाउन सके देशको मात्र नभई विश्वकै कल्याण हुनेछ।

सदाम, दक्षिण सिक्किम निवासी श्री रुद्रमणि खुलाल छेत्री एवम् तारादेवी खुलाल छेत्रीका कान्छो छोरो, प्रकाश छेत्रीले हालै फरेष्ट रिसर्च इन्स्टिच्युशन, देहरादूनबाट ‘एसेस्मेन्ट अफ एन्थ्रोपोलोजी दिस्टर्बेन्सेस अन प्लान्ट स्पेसिस डाइभर्सिटी अफ सेलेक्टेड साइट्स अफ साउथ टेरिटोरिअल डिभिजन, सिक्किम’ विषय लिएर वनविज्ञानमा विद्यावारिधिको उपाधि ग्रहण गरेका छन्। उनले आफ्नो प्राथमिक शिक्षा नाम्चीबाट शुरु गरेका हुन् र सदाम उच्चतर माध्यमिक पाठशालाबाट उच्च शिक्षा लिई अरुणाचल प्रदेशको सेण्ट्रल एग्रिकल्चर युनिभर्सिटी अधिनस्थ पाशिघाट स्थित कलेज अफ हर्टिकल्चर एण्ड फरेष्ट्रीबाट स्नातक गरेपछि देहरादूनको फरेष्ट रिसर्च इन्स्टिच्युशनबाट माष्टर डिग्री लिई सोही विश्वविद्यालयबाट हालैमा विद्यावारिधि पनि हासिल गरेका छन्। सन् २०१९ देखि उनी जीबी पन्त नेशनल इन्स्टिच्युट अफ हिमालयन एन्भाइरन्मेण्ट, सिक्किम रिजनल सेण्टरमा प्रोजेक्ट कोअर्डिनेटरको पदमा कार्यरत छन्। उनका शोधमूलक रचनाहरु राष्ट्रीय तथा अन्तर्राष्ट्रीय जर्नलहरुमा प्रकाशित पाइन्छन्। डा. प्रकाश छेत्रीलाई उनका शुभचिन्तकहरूले हार्दिक बधाइ दिनका साथै उनको पदोन्नतिको निमित्त पनि आन्तरिक कामना गरेका छन्।

About Author

Advertisement