अष्ट्रेलियाको केन्द्रीय अनुबन्धको सूचीबाट मार्कस स्टोइनिस सहित धेरैजना बाहिर

IMG-20240328-WA0132.jpg

मेलबर्न: क्रिकेट अष्ट्रेलिया (सीए)-ले २०२४-२५-को निम्ति केन्द्रीय अनुबन्धित पुरुष खेलाड़ीहरूका २३ सदस्यीय समूहको घोषणा गऱ्यो, जसमा अनुभवी अलराउण्डर मार्कस स्टोइनिस, स्पिनर एश्टन एगरको साथमा मार्कस हेरिस र पेस बलर माइकल नेसरको नाम रहेको छैन। गत केही समयदेखि ढाड़को चोटसँग जुझिरहेका स्टोइनिस गत महिना न्यूजील्याण्ड विरुद्ध टी२० सीरीज खेल्नदेखि चुकेका थिए। उनी आईपीएल २०२४-मा लखनऊ सुपर जाइण्ट्सको निम्ति खेल्न ओर्लिएका थिए तर सातौं नम्बरमा खेल्दै उनले केवल ३ रन बनाएका थिए। यसबीच एगरले गत सेप्टेम्बरमा दक्षिण अफ्रिका विरुद्ध पहिलो वनडेपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्, जहाँ मार्नस लाबुशेनसँग म्याच जिताउने साझेदारीको अवधि उनको खुट्टामा चोट लागेको थियो। अनुभवी ओपनिंग ब्याटर डेविड वार्नरले पनि अनुबन्ध सूचीमा स्थान पाएनन् कारण उनले आईसीसी पुरुष टी२० वर्ल्ड कपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। अनुबन्ध सूचीमा स्थान बनाउने अलराउण्डर म्याट शर्ट, आरोन हार्डी र पेस बलर न्याथन एलिस नयाँ खेलाड़ी हुन्। युवा पेस बलर जेवियर बार्टलेटले पनि यस सालको शुरुवातमा वेष्ट इण्डिज विरुद्ध प्रभावशाली प्रदर्शन गरेपछि पूर्णकालिक अनुबन्ध हासिल गरेका छन्।
शर्टले गत वर्ष दक्षिण अफ्रिका विरुद्ध आफ्नो टी२० पदार्पण गरेका थिए। उनले अहिलेसम्म ९ वटा टी२० अन्तर्राष्ट्रिय र चारवटा वनडे म्याच खेलेका छन्। यसरी हार्डीले अहिलेसम्म ७ वटा टी२० अन्तर्राष्ट्रिय र ४ वटा वनडे म्याच खेलेका छन्। यसरी बिग ब्याश लीग र क्वीन्सल्याण्डमा प्रभावशाली प्रदर्शन गर्ने बार्टलेटले यस सालको शुरुवातमा वेष्ट इण्डिज विरुद्ध अष्ट्रेलियाई टी२० र वनडे टीममा स्थान बनाएका थिए। उनले मेलबर्नमा आफ्नो पदार्पणमै ४ विकेट लिएका थिए। त्यसपछि केनबरामा पनि ४ विकेट लिएका थिए। राष्ट्रिय चयन समितिका अध्यक्ष जर्ज बेलीले भने, म्याट, आरोन र जेवियर आफ्नो अन्तर्राष्ट्रिय पदार्पणपछि प्रभावशाली रहेका छन्। उनीहरूले प्रभावशाली तरिकाले अन्तर्राष्ट्रिय मञ्चलाई अप्नाएका छन्। यी खेलाड़ीहरूसँग मजबूत भविष्य छ अनि उनीहरू केन्द्रीय अनुबन्धको हकदार छन्। यसरी स्टोइनिस, एगर र नेसर अहिले पनि राष्ट्रिय चयनको निम्ति फ्रेममा रहेका छन्।
क्रिकेट अष्ट्रेलियाको केन्द्रीय अनुबन्ध सूचीः
सीन एबट, जेवियर बार्टलेट, स्कट बोलाण्ड, एलेक्स केरी, प्याट कमिन्स, न्याथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्रेविस हेड, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, मार्नस लाबुशेन, न्याथन लियोन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, लान्स मरिस, टड मर्फी, झाय रिचर्डसन, म्याट शर्ट, स्टीव स्मिथ, मिचेल स्टार्क, एडम जाम्पा।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *