आईपीएलको रेकर्डतोड़ म्याचको ४० ओभरमा ५२३ रनको साथ ३८ वटा छक्का

IMG-20240328-WA0120.jpg

हैदराबाद: राजीव गान्धी स्टेडियममा बुधवार राति आईपीएल इतिहासको एउटा यस्तो म्याच खेलियो, जसले रेकर्ड बुकलाई नै तहसनहस पाऱ्यो। सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्सबीच म्याचमा मैदानमा छक्का र चौकाको साथमा रनको वर्षाले टुर्नामेण्टको इतिहासको धेरै रेकर्ड एकै दिनमा तोड़ियो। यस ब्लकबस्टर म्याचमा पहिला ब्याटिंग गर्दै सनराइजर्सको टीमले तीनजना ब्याटरको विध्वंशी प्रदर्शनको सहायताले २० ओभरमा ३ विकेट गुमाएर २७७ रनको विशाल स्कोर बनायो, जुन आईपीएल इतिहासको सबैभन्दा ठूलो स्कोर हो। जवाफमा मुम्बई इण्डियन्सका ब्याटरहरूले पनि पूरा प्रयास गर्दै २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनाए तर उनीहरूले आयोजक सनराइजर्सलाई ३१ रनले म्याच जित्नदेखि रोक्न सकेनन्। यसअघि आईपीएलमा सर्वाधिक स्कोरको रेकर्ड रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को नाममा रहेको थियो, जसले २३ अप्रेल २०१३-मा राइजिंग पुणे सुपरजाइण्ट्स विरुद्ध ५ विकेट गुमाएर २६३ रन बनाएको थियो। बुधवार मुम्बईले बनाएको २४६ रन आईपीएल इतिहासको छैटौं सर्वाधिक स्कोर हो।
बुधवार खेलिएको म्याचमा दुई टीमले मिलेर ४० ओभरमा जम्मा ५२३ रन बनायो। यो आईपीएल मात्र नभएर टी२० क्रिकेट इतिहासकै कुनै एउटा म्याचमा बनिएको सर्वाधिक रन हो। यसअघि दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीच २६ मार्च २०२३-मा सेञ्चुरियनमा खेलिएको म्याचमा ५१७ रन बनिएको थियो। यसरी आईपीएलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच २०१०-मा खेलिएको म्याचमा ४६९ रन बनिएको थियो। यसरी नै सनराइजर्स र मुम्बई इण्डियन्सका ब्याटरहरूले मिलेर म्याचमा ३८ वटा छक्का लगाएर दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे। यो कुनै पनि टी२० म्याचमा लगाइएको सर्वाधिक छक्का हो। यसअघि बाल्ख लिजेण्ड्स र काबुल ज्वाननबीच २०१८-१९-मा शारजाहमा खेलिएको म्याचमा ३७ वटा छक्का लगाइएको थियो। यसरी क्यारेबियन प्रीमियर लीगमा सेण्ट किट्स एण्ड नेविस पेट्रियट्स र जमैका ताल्लावासबीच २०१९-मा खेलिएको म्याचमा पनि ३७ वटा छक्का दर्ता गरिएको थियो। बुधवार खेलिएको म्याचमा सनराइजर्सका ब्याटरहरूले १८ अनि मुम्बईका ब्याटरहरूले २० वटा छक्का लगाए।

म्याचमा सनराइजर्सका ब्याटर अभिषेक शर्माले केवल १६ बलमा अर्द्धशतक बनाए, जुन आईपीएलको यस सीजनको सबैभन्दा तेज अर्द्धशतक हो। अभिषेकभन्दा केही क्षण अघि मात्र सनराइजर्सकै ओपनर ट्रेविस हेडले केवल १८ बलमा अर्द्धशतक बनाएका थिए, जसलाई अभिषेकले तोड़े। यी दुईभन्दा अघि यो रेकर्ड डेविड वार्नरको नाममा रहेको थियो। वार्नरले २०१५-मा चेन्नई सुपर किंग्स विरुद्ध २० बलमा अर्द्धशतक बनाएका थिए। उनले २०१७-मा पनि कलकत्ता नाइट राइडर्स विरुद्ध २० बलमै अर्द्धशतक बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *