भागोप्रमो समर्थित तृणमूल कांग्रेस प्रार्थी गोपाल लामाद्वारा नामांकन अघि गरे पूजा अर्चना

IMG-20240328-WA0100.jpg

दार्जीलिङ: भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गाेपाल लामाले आज दार्जीलिङ जिल्ला पाल कार्यालय परिसरमा नामाङ्कन पत्र भर्न अघि पूजा अर्चना गरेका छन्। आज बिहान ८ बजे भागोप्रमो केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख अनित थापा, प्रार्थी गोपाल लामा अनि भागोप्रमोका नेतृत्वहरुले दार्जिलिङको महाकाल बाबा धाम पुगेर पूजा अर्चना गरेका छन्। धाममा पूजा गरे पश्चात अनित थापाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै पहाडको मनको आवाज गोपाल लामाले नै चुनाव जित्नेछ भनी दाबी गरे।

उनले राजु विष्टले कस्तो लाइसेन्स ल्याएको छ म जान्दिन भन्दै देशको मुद्दा नै विकास हो र पहाडको मुद्दा पनि विकास नै हो। शान्ति अनि विकासको निम्ति हिजो पनि पहाडले भोट हालेको थियो, आज पनि त्यही मुद्दामा भोट हाल्नेछन् भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement