कोच इभानिसेविचसँग नाता तोडे नोवाक जोकोविचले

IMG-20240327-WA0311.jpg

लण्डन: सर्बियाका स्टार टेनिस खेलाड़ी नोवाक जोकोविचले २०१८-देखि उनका कोच रहने गोरान इभानिसेविचसँग अलग हुने फसेला गरेका छन्। क्रोएशियाई प्रशिक्षक इभानिसेविचको कोचिंगमा विश्वका नम्बर एक खेलाड़ीले १२ वटा ग्राण्ड स्ल्याम खिताब जितेका थिए। जोकोविच रेकर्ड २४ वटा खिताबको साथ पुरुष एकल वर्गमा विश्वका सबैभन्दा धेर ग्राण्ड स्ल्याम खिताब जित्ने खेलाड़ी हुन्। जोकोविचले बुधवार सोशल मीडियामा लेखेका छन्, मैले केही दिन अघिदेखि इभानिसेविचसँग काम गर्न छोड़ेको छु। कोर्टमा हाम्रो सम्बन्ध उतार चड़ाउले भरिएको रह्यो तर हाम्रो मित्रता सदा मजबूत रह्यो। जोकोविचले यस साल अहिलेसम्म एउटा खिताब पनि जितेका छैनन्। सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनमा उनी सेमिफाइनलमा पराजित भएका थिए। उल्लेखनीय छ, इभानिसेविच स्वयं पनि पूर्व पेशादार खेलाड़ी हुन् । उनले २००१-मा वाइल्ड कार्डधारी खेलाड़ीको रूपमा प्रतिष्ठित विम्बल्डनको खिताब जितेका थिए। जोकोविचले रहल सीजनको निम्ति चाँडै नयाँ प्रशिक्षक नियुक्त गर्ने सम्भावना रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *