धीमा ओवर रेटले गर्दा कप्तान गिललाई शास्ती

IMG-20240327-WA0304.jpg

चेन्नई: आईपीएल २०२४-मा चेन्नई सुपर किंग्स विरुद्ध म्याचको अवधि धीमा ओवर रेटले गर्दा गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई कठोर शास्ती दिइयो। गुजरातका कप्तानमाथि बुधवार १२ लाख रुपियाँको जरिमाना लगाइयो । आईपीएलद्वारा जारी बयानमा भनिएको छ, आईपीएलको न्यूनतम ओवर रेटसँग सम्बन्धित आचार संहिताअन्तर्गत यो उनको टीमको सीजनको पहिलो अपराध थियो। यसैकारण गिलमाथि १२ लाख रुपियाँको जरिमाना लगाइयो। गिलको कप्तानीमा रहने टीमले आईपीएलको जारी सीजनमा पहिलोपल्ट हारको सामना गर्नु पऱ्यो। मंगलवार राति खेलिएको म्याचमा गिलको टीमलाई गत च्याम्पियन चेन्नई सुपर किंग्सले ६३ रनले पराजित गऱ्यो। आईपीएलमा पहिलोपल्ट कप्तानी गरिरहेका गिलको टीम गुजरात टाइटन्सले आफ्नो पहिलो म्याचमा चाहिँ मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको थियो। गुजरात टाइटन्सको अघिल्लो म्याच ३१ मार्चमा सनराइजर्स हैदराबाद विरुद्ध रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *