बोपन्ना-एबडेनको जोड़ी मियामी ओपनको क्वार्टर फाइनलमा

IMG-20240327-WA0302.jpg

मियामी: भारतका रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको जोड़ीले अमेरिकामा जारी मियामी ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सालको शुरुवातमा अष्ट्रेलियन ओपनमा पुरुष युगलको खिताब जित्ने शीर्ष वरीयता प्राप्त ४३ वर्षीय बोपन्ना र एबडेनको जोड़ीले पुरुष युगलमा दोस्रो राउण्डको म्याचमा मोनाकोका ह्यूगो निस र पोल्याण्डका जान जिलिन्स्कीको जोड़ीलाई ७-५, ७-६ (३) ले पराजित गऱ्यो। यो म्याच एक घण्टा ३९ मिनटसम्म चल्यो। दुवै सेटमा दुई जोड़ीबीच रोमाञ्चक प्रतिस्पर्धा भयो तर बोपन्ना-एबडेनको जोड़ीले पनि महत्त्वपूर्ण क्षणहरूमा पोइण्ट्स हासिल गरी म्याच जित्यो। यस एटीपी मास्टर्स १००० टुर्नामेण्टको क्वार्टर फाइनलमा बोपन्ना र एबडेनको भिड़न्त अष्ट्रेलियाका जान पेट्रिक र नीदरल्याण्डका सेम वरबीकको जोड़ीसँग हुनेछ। भारत-अष्ट्रेलियाई जोड़ीले दोस्रो राउण्डको म्याचमा चारवटा एस लगाउनको साथै ८४ प्रतिशत पोइण्ट्स पहिलो सर्विसमा जित्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *