एमएन शेर्पालाई समष्टिमा स्वागत गर्ने विषयमा छलफल

1000579026.jpg

गान्तोक: दरामदिन समष्टि अन्तर्गत सोमबारे बजार स्थित पार्टी कार्यालयमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्टि स्तरीयको समन्वय सभा सम्पन्न भयो। सभामा आउने दिनहरुमा पार्टीको कार्यक्रम साथै निवर्तमान विधायक एवं उम्मेदवार एमएन शेर्पालाई समष्टिमा स्वागत गर्ने विषयमा छलफल गरियो।

उक्त सभा अनुसूचित जनजाति कल्याण बोर्डका पूर्व अध्यक्ष प्रेमकुमार सुब्बाको अध्यक्षतामा बसेको थियो। आज बसेको सभामा पूर्व विधायक डीएन शेर्पा, पूर्व विधायक तेन्जिङ शेर्पा, पूर्व विधायक चन्द्रमाया सुब्बा, सीएलसी अध्यक्ष लगायत अन्यहरूको बाक्लो उपस्थिति थियो। पार्टी अध्यक्षले दरामदिन समष्टिका लागि असल उम्मेदवार दिएकोमा दरामदिन समष्टिका सम्पूर्ण कर्याकर्ताहरुले पार्टी अध्यक्षप्रति आभार प्रकट गरेका छन्। निवर्तमान विधायक शेर्पालाई राङगङ्ग पुलबाट भव्यरुपमा स्वागत जनाउने आजको सभाले निर्णय गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *