गेजिङमा नामाङ्कन भरेपछि उम्मेद्वारहरुको शक्ति प्रदर्शन

IMG-20240327-WA0307.jpg

गेजिङ: सिक्किममा चुनावी चाडले रौनकता बढाएको छ। राजनीतिक पार्टीहरूको सक्रिय भूमिका, जनताको सचेतना र उनीहरूको उत्साह देखिएको छ। चुनावमा युवाहरूको सक्रिय भूमिका पनि महत्त्वपूर्ण देखिएको छ। सिक्किममा चुनावमा भाग लिने नेताहरुले चुनावका लागि आवश्यक चुनावी प्रक्रियालाई पूरा गरेको छ। कडा सुरक्षको साथमा आज राजनीतिक दलका उम्मेदवारहरुले नामङ्कन भरेका छन्। आज ११ बजेपछि गेजिङ बर्मेक समष्टिका उम्मेदवार लोकनाथ शर्मा , याङ्थाङ क्षेत्रका उम्मेदवार भिमहाङ सुब्बा, मानेबुङ -देन्ताम क्षेत्रका उम्मेदवार सुदेश कुमार सुब्बाले नामाङ्कन भरेपछि पत्रकारहरुसंग कुराकानी गरे। यस बाहेक स्वतन्त्र उम्मेगद्वारका रुपमा याङ्थाङ क्षेत्रबाट उम्मेदवार दिएका प्रबिण उप्रेतीले पनि आफू राजनीतिमा आउनुको उदेश्यबारे बताएका छन्। आगामी विधानसभा चुनाउको निम्ति गेजिङका चारै समष्टिका विभिन्न दलका उम्मेदवारहरुले नामाङ्कन भरेका छन्। उम्मेद्बारी दर्ताको निम्ति आज अन्तिम दिन हो जहाँ जिल्ला प्रमुख सह निर्वाचन अधिकृत एम भरणी कुमारलाई नामाङ्कन पत्र बुझाएका छन्। नामङकन दर्ता गरि सकेपछि उमेदवारहरुलाऊ आ- आफ्ना समर्थकहरुले आफ्ना क्षेत्रमा बृहत् कार ऱ्याली निकाले। मानेबुङ – देन्तामका उम्मेदवार सुदेश सुब्बाकालाई आज क्षेत्रका जनताले सर्दोङमा भव्य स्वागत गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *