सोरेङ जिल्लामा पालन गरियो विश्व क्षयरोग दिवस

IMG-20240327-WA0305.jpg

गान्तोक: सोरेङ जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्रमा विश्व क्षयरोग दिवस पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मंगलबारेका डिभिजलन मेजिस्ट्रेट गिदेन लेप्चा सोरेङ जिल्ला प्रशासनकोतर्फबाट गिदेन लेप्चा रहेका थिए। सोरेङ जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा क्षयरोग विरुद्ध लड्ने समुदायको प्रयासलाई मान्यता दिँदै छोटा-सामदोङ जीपीयू र माथिल्लो थाम्बोङ जीपीयूले प्रमुख अतिथिबाट प्रतिष्ठित क्षय मुख पञ्चायत जीपीयू प्रमाणपत्र प्राप्त गरेका थिए।

सहभागीहरूमा स्थानीय पञ्चायतहरू, गैरसरकारी संस्थाहरू, आशा कार्यकर्ताहरू, विद्यालयका विद्यार्थीहरू र स्वास्थ्यकर्मीहरूका प्रतिनिधिहरू थिए। कार्यक्रममा क्षयरोगको बारेमा चेतना जगाउन, प्रारम्भिक पहिचान र उपचारको महत्त्वलाई जोड दिँदै, र यो रोगलाई हटाउने दिशामा भारत सरकारद्वारा गरिएको कार्य साथै पहलबारे प्रकाश पारियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *