चुनाउको सर्वेक्षण गर्न पुलिस पर्यवेक्षकहरू सिक्किम आइपुगे

IMG-20240327-WA0303.jpg

गान्तोक: आगामी चुनाउलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै छ वटा जिल्लाको निम्ति पुलिस पर्यवेक्षकहरू सिक्किम राज्य आइपुगेका छन्। सोरेङ जिल्लाको निम्ति आइपीएस पुलिस पर्यवेक्षक भाग्यश्री नभाकते हिजो नै सोरेङ आइपुगेकी छन्। हिजो उनलाई सोरेङ जिल्लाको पुलिस मुख्यालयमा जिल्लापाल हिस्से डी. योङदा लगायत अन्य अधिकारीहरूले स्वागत जनाउँदै सोरेङ जिल्लामा जिल्ला चुनाउ प्रवन्धन योजनाबारे विस्तृतरूपमा जानकारी गराइन्। यसरी नै आइएएस जनरल पर्यवेक्षक निना शर्मा पनि हिजो नै सोरेङ जिल्लाको पर्यवेक्षण गर्नको निम्ति आइपुगेकी छन्। यसै प्रकारले पाकिम जिल्लाको निम्ति जनरल अबजर्भर प्रदीप कुमार पनि हिजो नै पाकिम आइपुगेका छन्। पाकिम जिल्लाका मानिसहरूले प्रत्येक दिन ११ बजीदेखि १२ बजीसम्म भेट गर्न सक्नेछन्। सोही प्रकारले नाम्ची जिल्लाको निम्ति आइएएस जनरल अबजर्भर अमरनाथ उपाध्याय पनि हिजो नै नाम्ची आइपुगीसकेका छन्। उनी नाम्चीको पीडब्ल्यू अतिथिगृहमा बस्नेछन् र स्थानीयहरूले उनलाई प्रति दिन १० देखि ११ बजीसम्म भेट गर्न सक्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *