आगामी चुनाउमा एसकेएम पार्टीले सतप्रतिशत मतले विजय प्राप्त गर्ने मुख्यमन्त्रीको दावी

IMG-20240327-WA0306.jpg

गान्तोक: आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति नामाङकन पत्र बुझाउने अन्तिम दिन राज्यका सबै राजनीतिक दलका उम्म्द्वारहरूले आ-आफ्नो जिल्लामा नामाङकन पत्र बुझाए। यसै क्रममा एसकेएम पार्टीका अध्यक्ष पीएस गोलेले पनि आज रिनाक निर्वाचन क्षेत्रको निम्ति पाकिम जिल्लामा नामाङकन पत्र बुझाए। उल्लेखनीय छ, पार्टी अध्यक्ष एवम मुख्यमन्त्री तामाङले आगामी चुनाउमा दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने छन्, जसमा सोरेङ च्याखुङ र रिनाक निर्वाचन क्षेत्र रहेको छ। हिजो उनले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको निम्ति नामाङकन पत्र बुझाएका थिए। पार्टीको आदेश बमोजिम आफूले रिनाक निर्वाचन क्षेत्रबाट उम्मेदावरको निम्ति नामाङकन पत्र बुझाएको पत्रकारहरूसँगको कुराकानीको क्रममा जानकारी गराए। एसकेएम पार्टी सरकारमा आएपछि दुईवटा नयाँ जिल्लाको गठन भएको र जिल्लामा परिणत भएपछि यहाँ धेरै विकासका कामहरू भएको अवगत गराए। पार्टीका कार्यकर्ताहरूलाई टिकट दिन नसकेकोमा उनले दुःख व्यक्त गर्दै आगामी २०२९ मा सम्पन्न हुने चुनाउमा सबै नयाँ उम्मेदवारहरू हुने बताए। पार्टीको नीति अनुसार एसकेएम पार्टीमा दुइ पल्टसम्म उम्मेदवार हुने प्रावधान रहेको जानकारी गराए। आगामी चुनाउमा जनताले एसकेएम पार्टीलाई सतप्रतिशत मत दिएर विजयी बनाउने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरेका छन्।

आज उनले रिनाक निर्वाचन क्षेत्रको निम्ति नामाङकन पत्र बुझाउने क्रममा पार्टका अत्याधिक समर्थकहरू पाकिम जिल्लाको जिल्ला प्रशासन केन्द्र परिसरमा उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *