मंगन जिल्ला अन्तर्गत तीन निर्वाचन क्षेत्रबाट कूल सात उम्मेदवारले बुझाए आफ्ना नामाङ्कन

n595241224171155917823312b2826241d76428619de2423a5fd6dbb5fbe0342b02780365ada06a127716fe.jpg

मंगन: आगामी लोकसभा र विधानसभा चुनाउको निम्ति नामाङ्कन बुझाउने निर्धारित समय आज समाप्त भएको छ। आज अन्तिम दिन मंगन जिल्ला अन्तर्गत तीन निर्वाचन क्षेत्रबाट कूल सात उम्मेदवारले आफ्ना नामाङ्कन बुझाए।

जिल्ला चुनाउ अधिकारी हेमकुमार छेत्रीले पॉंच र आरओ अरुण छेत्रीले दुई उम्मेदवारको नामाङ्कन पत्र ग्रहण गरे। आज एसकेएम पार्टीका तीन, भाजपाका दुई र सीएपी सिक्किमका दुई उम्मेदवारले नामाङ्कन बुझाएका छन्।

नामाङ्कन बुझाउने उम्मेदवारहरूः

काबी लुङचोक

१. थिन्ले छिरिङ भोटिया- एसकेएम

२. उगेन नेडुप भोटिया- भाजपा

३. कर्म दिछेन भोटिया- सीएपी

जङ्घु

१. पिन्चो नामग्याल लेप्चा- एसकेएम

२. पेन्जोङ लेप्चा- भाजपा

लाचेन मंगन

१. साम्डुप लेप्चा- एसकेएम

२. सोङमित लेप्चा- सीएपी

उल्लेखनीय छ, भोलि नामाङ्कन पत्र जॉंच हुनेछ। यसरी नै ३० मार्चसम्म उम्मेदवारहरूले नामाङ्कन फिर्ता लिने सक्नेछन्। राज्यमा १९ अप्रेलका दिन मतदान निर्धारित रहेको छ भने विधानसभा चुनाउको मतगणना २ जून र लोकसभा चुनाउको मतगणना 4 जूनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement