वरिष्ठ पत्रकार डूकनाथ नेपालले बुझाए नामाङ्कन

n5952548621711559115046cada3e8ac70ea7a9ef14f1ce06fd9ac95c6e578173946de3c6b74487b9b7aeb1.jpg

गान्तोक: सिक्किमका एक चर्चित राजनीतिज्ञ एवं वरिष्ठ पत्रकार डूकनाथ नेपालले आज  नामाङ्कन बुझाउने अन्तिम दिन पाकिम जिल्ला प्रशासनिक केन्द्रमा आफ्नो नामाङ्कन बुझाएका छन्।

उनी भारतीय जनता पार्टी (भाजपा) को उम्मेदवारका रूपमा पूर्व सिक्किमको छुजाचेन निर्वाचन क्षेत्रबाट चुनाउ लडिरहेका छन्।

आफ्नो नामाङ्कन बुझाएपछि भाजपा नेता नेपालले पत्रकारहरूसित कुराकानी गर्दै आफु विगत ४० वर्षदेखि सिक्किमको राजनीतिमा सक्रिय रहेको र सिक्किमका मुद्दाहरू उठाउॅंदै आइरहेको बताए। तर, सिक्किममा मुद्दा नभएर अरू चिज नै चल्ने भएकाले आफु अहिलेसम्म छेलिएर बस्नु परेको उनले बताए।

नेपालले भाजपा एउटा यस्तो राजनीतिक पार्टी रहेको बताए जसले पछिल्लो पंक्तिमा मानिसहरूलाई पनि मौका दिने गर्दछ। उनले ४० वर्षसम्म अरू राजनीतिक दलहरूले आफुलाई मौका नदिए तापनि आज भाजपाले मौका दिएको बताए। उनले श्रमजीवि, पत्रकार, किसान र मजदूरलाई प्रतिनिधित्व गर्ने वर्गहरूबाट माया र सम्मानको अपेक्षा गर्दै उनीहरूका माया र सम्मानलाई मर्न दिने छुइन भने।

यस अतिरिक्त, नेपालले आफु निर्वाचित बनेपछि राज्यका पत्रकारहरूको सुविधाका लागि विधानसभामा आवाज उठाउने बताए। उनले राज्यका पब्लिसिङ हाउसहरूलाई सरकारको तर्फबाट साइट, ५० वर्ष उमेर नाघेका पत्रकारहरूको निम्ति पेन्शनको व्यवस्था, पञ्जीकृत पत्रकारहरूको निम्ति गान्तोक नगरनिगम क्षेत्रभित्र फ्ल्याटको निम्ति संघर्ष गर्ने र आवाज उठाउने बताए।

About Author

Advertisement