जलपाईगुडी: जलपाईगुडी लोकसभा सीटबाट भाजपाका उम्मेदवार जयंत कुमार रायले उम्मेदवारी दर्ता गरेका छन्। बुधबार उम्मेदवारी दर्ता गर्दा भाजपाका उम्मेदवारहरू चुनावी नतिजाबारे विश्वस्त देखिएका थिए।
यसै दिन जयन्तकुमार राय आफ्ना समर्थकसहित र्याली निकालेर उम्मेदवारी दर्ता गर्न आएका थिए। उनीसँगै र्यालीमा भाजपा जिल्ला अध्यक्ष बापी गोस्वामी र अन्य जिल्ला नेताहरू उपस्थित थिए।










