सुनका गरगहना चोरी गरी किन्ने चोरसँगै एक महिला पक्राउ

Screenshot_20240327_215208_Samsung-Internet.jpg

सिलगढी: प्रधाननगर पुलिसले चोरीको मुद्दा पर्दाफास गरी चोरीका सामान किन्ने चोरसहित एक महिलालाई पक्राउ गरेको छ। अभियुक्तको नाम शिव बर्मन उर्फ बाउ हो। महिलाको नाम मुन्नी देवी हो।
स्रोतबाट प्राप्त जानकारीका अनुसार २४ मार्च प्रधाननगर थाना अन्तर्गतको वार्ड नम्बर २ इलाकामा रहेको खाली घरको फाइदा उठाउँदै चोर शिव बर्मनले सुनका गरगहना र छालाको ज्याकेट लिएर फरार भएका थिए। यहाँ घरधनी घर आएपछि घटनाबारे थाहा पाए। त्यसपछि प्रधाननगर पुलिस थानामा चोरीको लिखित उजुरी गरे। उजुरीका आधारमा पुलिसले अनुसन्धानका क्रममा दार्जिलिङ मोडबाट शिव बर्मन उर्फ बाउलाई हिजो चोरीको छालाको ज्याकेटसहित पक्राउ गरेको हो। सोही क्रममा आरोपीको सोधपुछका क्रममा पुलिसले चोरीका सुनका गहना दार्जिलिङ टर्नको छेउमा रहेको सुन दाेकानमा बेचेको थाहा पाएको थियो। त्यसपछि पुलिसले दार्जिलिङ मोडमा रहेको उक्त सुन दाेकानमा अपरेशन गर्दा चोरी भएको सुनका गरगहनाबाट १४ ग्राम सुन बरामद गरेको हो।

यसका साथै दाेकान मालिक मुन्नी देवीलाई पनि यस मुद्दामा पक्राउ गरिएको थियो। तर, मुन्नी देवीको श्रीमानको खोजी जारी छ। यसैबीच, पुलिसले दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरी ७ दिनको म्याद माग गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *