सिलगढीमा एक युवकले गरे आत्महत्या

1000579021.jpg

सिलगढी: प्रेमिकासँग विवाद भएपछि एक युवकले झुण्डिएर आत्महत्या गरेका छन्। मृतकको नाम तसिरुल मोहम्मद (२१) हो। चोपडा निवासी तसीरुल सिलगढीको वार्ड नम्बर ४३, दादाभाई कालोनीमा आफ्नो परिवारसँग भाडाको घरमा बस्थे। युवक कपडा पसलमा काम गर्थे। मंगलबार राति युवकको आफ्नी प्रेमिकासँग कुनै कुरालाई लिएर विवाद भएको बताइएको छ। यसपछि युवकले आफ्नो फोनबाट प्रेमिकाको तस्विर सहित सामाजिक सञ्जालमा रहेका आफ्ना विभिन्न अकाउन्ट डिलिट गरे ।यसैबीच राति घरपरिवारले खानाका लागि तसीरुललाई फोन गर्दा कुनै प्रतिक्रिया आएन। जसमा परिवारलाई शंका लाग्यो। त्यसपछि परिवारका सदस्यले ढोका तोडेर हेर्दा तसिरुल झुण्डिएको देखे। घटनाबारे तत्काल भक्तिनगर पुलिसमा खबर गरिएको थियो। खबर पाएर पुलिसले घटनास्थलमा पुगेर लाशलाई आफ्नो नियन्त्रणमा लिएको छ। बुधबार शवलाई पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *