जिमखाना क्लब दार्जिलिङद्वारा लोकसभा प्रार्थी गोपाल लामालाई सम्बर्द्धना

IMG-20240327-WA0298.jpg

दार्जीलिङ: जिमखाना क्लब दार्जिलिङमा आयोजित एक भेटघाट कार्यक्रममा आगामी चुनावको निम्ति गोपाल लामालाई जिमखानाका सदस्यहरूले दार्जीलिङको भविष्यको निम्ति शुभकामना प्रकट गरेका छन्। उनलाई सदस्यहरूले खादा लगाएर शुभकामना प्रकट गरेका छन्। गोपाल लामाले भेला भएका सदस्यहरुलाई धन्यवाद दिँदै भने, “शुभकामनाकाे निम्ति आभार व्यक्त गर्दछु। राजनीतिमा पहिलो चोटी आएको छु। तपाईहरुको सहयोग चाहिएको छ। सिलगढी क्षेत्रको अवस्था राम्रो छ। जस्तो समर्थन पहाडमा छ त्यस्तै सिलगढीमा पनि पाएको छु। विजय पश्चात हामी फेरि भेट्नेछौ।”

भेटघाट कार्यक्रममा अनित थापाको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *