भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाले भोलि नामांकन पत्र बुझाउने

IMG-20240327-WA0296.jpg

दार्जीलिङ: दार्जीलिङ लोकसभा आसनबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसका लोकसभा उम्मेद्वार गोपाल लामाले भोलि बिहीबार आफ्नो नामांकन पत्र दर्ता गर्ने भएको छI नामांकन पत्र दर्ता गर्न अघि उनले बिहान ८ बजे दार्जीलिङको प्रसिध्द मन्दिर महाकाल बाबा मन्दिरमा दर्शन गरेपछि बिहान ९ बजे दार्जिलिङको चौरास्ता परिसरबाट रैलीको साथमा जिल्ला शासकको कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र दर्ता गर्ने जानकारी प्राप्त भएको छ। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाको विशेष उपस्थिति रहेको पनि जानकारी प्राप्त भएको छ। दार्जीलिङ लोकसभा आसनको लागि उम्मेदवारहरुले भोलि २८ मार्चदेखि ४ अप्रेलसम्म नामांकन पत्र दर्ता गर्न सक्ने छन् भने ८ अप्रेल नामांकन फिर्ता लिने अन्तिम मिति हो। यसपाली दार्जीलिंग लोकसभा आसनबाट टीएमसीले पूर्व अतिरिक्त जिल्लापाल गोपाल लामालाई उम्मेदवार बनाएको छ भने उनलाई पहाड़मा तृणमूल कंग्रेसको गठबन्धनमा रहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थन पाएको छ। त्यसरी नै दार्जिलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीले फेरी पनि राजु विष्टलाई नै दोस्रोपल्ट पनि टिकट दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *