घुम जोरबङ्लो महाविद्यालयमा एक दिवसीय सांस्कृतिक अनि साहित्यिक कार्यक्रम सम्पन्न

IMG-20240327-WA0272.jpg

दार्जिलिङ: घुम जोरबङ्लो महाविद्यालयमा एक दिवसीय सांस्कृतिक अनि साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली विभाग, घुम जोरबङ्लो महाविद्यालयको आयोजनामा सम्पन्न भयो एक दिवसीय सांस्कृतिक अनि साहित्यिक कार्यक्रम प्राचार्य विनय गजमेरको अध्यक्षतामा सम्पन्न भयो। यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि नगेन्द्ग गोर्खाको उपस्थिति थियो। कवि विसन छेत्री, कवि राजकुमार तिम्सिनाजस्ता युवा सर्जकहरू विशिष्ट अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए। कवि एवम् विद्यार्थी प्रितम मैनाली अनि दीया राईद्वारा सञ्चालित यस कार्यक्रममा विद्यार्थी रश्मी लिम्बू, मनिषा गुरुङ अनि सिवानी सार्कीले सङ्गीतसँगै कविता वाचन गरेका थिए। यसै कार्यक्रममा विद्यार्थी निङ्मा र अभिषेक शेर्पाले हाँस्य नाटक पनि प्रस्तुत गरे। नेपाली विभागका विद्यार्थीहरूले सिर्जनात्मक कौशल प्रदान गर्दै तत्क्षण दोहोरी गाएपछि कार्यक्रम रोचक र रोमाञ्चक बनेको थियो भने अतिथि कविहरूका कविता वाचनले पनि उत्तीकै विद्यार्थीमा उत्साह प्रदान गऱ्यो। कार्यक्रममा कवि विसान छेत्री, कवि राजकुमार तिम्सिना र डा महेश दाहालले आआफ्ना रचना वाचन गरेका थिए। यसै कार्यक्रममा आफ्ना अध्ययनलाई प्रस्तुत गर्दै प्रितम मैनालीले लघु शोध प्रबन्ध प्रस्तुत गरे भने फूर्बा तामाङले स्वरचित गीत पनि प्रस्तुत गरे। कार्यक्रम उत्कृष्ट रहेको जनाउँदै महाविद्यालयका प्राचार्यले आभार व्यक्त गरे भने विभागीय प्रमुख प्राध्यापिका बिनिता सुब्बाले सम्पूर्ण महानुभवमा आभार व्यक्त गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *