विद्यार्थीहरूलाई लिएर चुनाव र मतदान विषयमा खरसाङमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20240327-WA0264.jpg

खरसाङ: आगामी लोकसभा चुनावलाई ध्यानमा राखेर खरसाङ महकुमा प्रशासन र सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट चुनाव सम्बन्धमा लगातार सचेतना कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा खरसाङको डाउहिल स्कूलमा विद्यार्थीहरूलाई लिएर चुनाव र मतदान विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई लाइनमा राखेर मतदान प्रक्रिया विषयमा जानकारी गराउँदै मतदान कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारीसहित सचेतना गराइएको छ। यस कार्यक्रममा खरसाङको डेपुटी म्याजिस्ट्रेट कैलास प्रसाद, महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको ईलेक्शन सेलबाट निमा तेञ्जी शेर्पा लगायत अन्यहरू उपस्थित रहेका थिए।

खरसाङ महकुमा प्रशासनको पक्षबाट अधिकारीले चुनाव र मतदान विषयमा सचेतना गराएका थिए। कार्यक्रममा विद्यार्थीहरू लगायत शिक्षिकाहरू पनि उपस्थित रहेका थिए। विशेष गरी विद्यार्थीहरूलाई मतदान प्रणाली विषयमा सचेतना र चुनावमा भाग लिने विषयमा पनि सचेतना गराइएको छ। विशेष गरी अभिभावकहरूलाई चुनाव र मतदान विषयमा सचेत गराउन विद्यार्थीहरूलाई सचेत गराइएको छ। यस प्रकारका कार्यक्रम खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूमा आयोजना गरिरहेको सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *