सिलगढी: प्रधाननगर पुलिस थानाले सिलगढी जंक्शन क्षेत्रबाट एक युवकलाई बन्दुकसहित पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम मोहम्मद सागर रहेको छ। बुधवार दिउँसो करिब २ बजे आरोपीलाई सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो।स्रोतका अनुसार आरोपी विरुद्ध चोरीका धेरै मुद्दा दर्ता छन्। घटनाको अनुसन्धानपछि प्रधाननगर पुलिसले अभियुक्तलाई हिजो पक्राउ गरेको थियो। प्रधाननगर पुलिस थानाले सबै घटनाको अनुसन्धान थालेको छ।










