जलपाईगुडी जिल्लामा दुई युवाको मृत्यु

Screenshot_20240327_171157_WhatsApp.jpg

जलपाईगुडी: जलपाईगुडी जिल्लामा दुई युवाले आत्महत्या गरेको घटना बाहिर आएको छ, जसका कारण सनसनी मच्चिएको छ। मैनागडीमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन्। कक्षा ९ मा पढ्दै आएका १५ वर्षीय बालक हुन्। यो घटना उनकै घरमा भएको हो। घटनालगत्तै उनकी आमाले छोरालाई देखे र तत्कालै उद्धार गरी मैनागडी ग्रामीण अस्पताल पुर्याईन्। जहाँ ड्युटीमा रहेका चिकित्सकले उनलाई मृत घोषणा गरिन्। पुलिसले लाश बरामद गरी पोष्टमार्टमका लागि बुधबार जलपाईगुडी शवगृहमा पठाएको छ। उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन। मंगलबार फेरि अर्का युवकको झुण्डिएको लाश फेला परेको छ। अमगुरी स्कुल मोड क्षेत्रका कौशिक रोय (२२) नाम गरेका युवकको झुण्डिएको लाश फेला परेको छ। घटना राति १०.३० बजे भएको थियो। घटनालगत्तै उनलाई उद्धार गरी मैनागडी ग्रामीण अस्पतालमा ल्याइएकोमा ड्युटीमा रहेका डाक्टरले मृत घोषणा गरेका थिए। पुलिसले लाश बरामद गरी पोष्टमार्टमका लागि बुधबार जलपाईगुडी शवगृहमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement