टुंग सन्त मेरिज समष्टिको सिपाहीधुरा भोटे बस्तीमा चुनावी सभासहित समर्थन कार्यक्रम सम्पन्न

IMG-20240327-WA0255.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ-सन्तमेरिज समष्टि अन्तर्गत सिपाहीधुरा भोटे बस्तीमा चुनावी सभाको साथ समर्थन कार्यक्रम समपन्न गरियो। सुकमान तामङको सभापतित्वमा राखिएको उक्त चुनावी सभामा समष्टि सभापति तथा सभासद नुरी शेर्पाको विशेष उपस्थिति रहेको थियो। आगामी २६ अप्रेल २०२४-को दिन सम्पन्न हुन लागिरहेको लोकसभा चुनावलाई केन्द्र गर्दै राखिएको उक्त सभामा विशेष रुपले उम्मेद्वार गोपाल लामालाई विपूल मत दिएर विजय तुल्याउने निर्णय लिएको बताइएको छ। यसका साथै अमर थापा र रबी राईको नेतृत्वमा विगतमा अन्य दलमा रहेका २१ घर-परिवारका सदस्य/सदस्याहरुले भागोप्रमोको दलीय झण्डा ग्रहण गर्दै भागोप्रमो परिवारमा सामेल भएको र अबको लोकसभा चुनावमा प्रार्थी गोपाल लामालाई सिपाहीधुरा क्षेत्रबाट एकत्रित भई भारी बहुमतले विजय तुल्याउने वचन दिएको बताइएको छ। यसका साथै सिपाहीधुरा प्रशाखाबाट अमर थापालाई संयोजकको रुपमा चयन पनि गरियो।
समष्टि जोनल सभापति बसन्त कुलुङ राईद्वारा सञ्चालन गरिएको सभामा समष्टि युवा शक्ति सचिव दिपेश तामङ, समष्टि सभापति नुरी शेर्पा पञ्चायत सदस्य उमेश थापा, समर्थन जनाउने सदस्यहरु अमर थापा, भोला तामङलगायत अन्य सदस्यहरुबाट पनि सभालाई सम्बोधन गरियो। उक्त सभामा सिपाहीधुरा डाँढा गाउँ प्रशाखाबाट सुरेश तामङ, समीर मुखिया लगायत स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *