दार्जीलिङ: गोर्खा जातिको बिजय होस् भन्दै दार्जीलिङका भाजपा विधायक निरज जिम्बाद्वारा दार्जिलिङको सिञ्चेल देवी मन्दिर अनि महाकाल बाबा धाममा पूजा आर्चना गरेका छन्। विधायक निरज जिम्बाले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘गोर्खा जातिको शिर महाकाल बाबा अनि सिञ्चेलको सिंह देवी रहेको मानिन्छ। यसैकारण प्रत्येक कार्य गर्नु अगटघि म पूजा आर्चना गरी आशिर्वाद लिन आउँछु। गोर्खाको समस्याको समाधान नजिक रहेका कारण सांसद राजु विष्टले बिजय हासिल गरुन् भनी सिञ्चेल देवी अनि महाकाल बाबा धाममा प्रार्थना चडाएको छु। गोर्खा जातिले अब न्याय पाउनुपर्छ। धेरै लामो संघर्ष गरेका छन्। अब संघर्षको प्रतिफल पाउनु्पर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुभ संकेत दिइसकेका छन्।’
सांसद राजु विष्टले गोर्खाहरुको निम्ति धेरै कार्य गरेका छन्। अब टुङ्गोमा पुर्याउन सम्पूर्ण पहाड अनि तराईका जनताले राजु विष्टलाई आशिर्वाद दिएर बिजयी बनाउनुपर्छ भनी विधायक निरज जिम्बाले अपिल समेत गरेका छन्।