बागडोगरा: बागडोग्राको ज्योति नगर क्षेत्रमा एक महिलाको झुण्डिएको अवस्थामा लाश फेला परेको घटनाले सनसनी मच्चाएको छ। मृतकको नाम निशा शाह (३४) हो। केही वर्षअघि डिभोर्स भएकी ती महिला केही दिनदेखि डिप्रेशनमा थिइन्। बुधबार बिहान परिवारका सदस्यले महिलालाई घरको पंखामा झुण्डिएको अवस्थामा फेला पारेका थिए। सूचना पाएपछि बागडोगरा थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। बागडोग्रा पुलिस थानाले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान सुरु गरेको छ।










