सिलगढी जाने सरकारी बसबाट गाँजा बरामद

p.png

कोचबिहार: सिलगढी जाने सरकारी बसबाट ठूलो परिमाणमा गांजा बरामद भएको छ। तर, यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।बुधवार बिहान माथाभाङ्गाको पञ्चाननमोड जोडिएको ब्लकमा चेकजाँचका क्रममा सिताई–सिलगढी जाने सरकारी बसबाट ५ किलो ३०० ग्राम गाँजा बरामद भएको हो।
पुलिस स्रोतका अनुसार माथाभाङ्गा थानाका पुलिसले दैनिकजस्तै नाका चेकपोष्टमा खोजी गरिरहेको थियो। सिताईबाट सिलगढी जाँदै गरेको सरकारी बसको खोजीका क्रममा सबै झोलाका मालिक फेला परे पनि एउटा झोलाको मालिक भने फेला पर्न सकेको छैन। त्यसपछि झोला खोलेर खोजी गर्दा ५ किलो ३०० ग्राम गाँजा बरामद भएको थियो। तर, बसमा सवार कुनै यात्रुले बसमा झोला कसले राखेको हो वा कसको झोला हो भन्ने स्वीकार गरेका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement