अवैध रुपमा भारतको सिलगढीमा प्रवेश गर्ने बंगलादेशी र नेपाली नागरिक पक्राउ

photocollage_2024327172044979.jpg

सिलगढी: अवैध रुपमा भारत प्रवेश गरेको आरोपमा एसएसबीले एक बंगलादेश र अर्का नेपालका दुई युवालाई पक्राउ गरेको छ। नेपाल–भारत सीमामा अवैध रुपमा प्रवेश गर्न खोज्दा भारत–नेपाल सीमा खरिबारीको पानीटेंकीबाट एसएसबी ४१ नम्बर गणका जवानले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बंगलादेशको बोगरा जिल्लाका ३४ वर्षीय आलमगीर हुसेन र नेपाल काकरभिटाका ३२ वर्षीय अनुप तामाङ रहेका छन्। नेपालबाट अवैध रुपमा सीमा पार गरेर भारत जाने क्रममा मंगलबार एक नेपाली युवा र एक बंगलादेशी युवा पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई सोधपुछ गर्दा आलमगीर हुसेनले आफू बंगलादेशको बासिन्दा भएको स्वीकार गरेका थिए। यसबाहेक एक बंगलादेशीलाई भारत प्रवेश गर्न सघाएको आरोपमा एक नेपाली पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई मंगलबार खरीबारी प्रहरीको जिम्मा लगाइएको थियो र सबैलाई आज सिलगढी अदालतमा पेश गरिएको थियो। प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर घटनाको सम्पूर्ण अनुसन्धान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement