सिलगढी: दार्जीलिङ लोकसभा क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देबले आज नक्सलबारीमा प्रचार गरे। बुधबार मेयरले सिलगढी महकुमा परिषद्का अध्यक्ष अरुण घोषसँग दक्षिण कोटियाजोट, उत्तर कोटिया र नक्सलबारीको देशबन्धुपाडामा प्रचार गरे।उनले गोपाल लामालाई भोट हाल्न जनतालाई आग्रह गरे। गौतम देवले भने, “नक्सलबारीका जनतासँग मेरो सम्पर्क छ, जनता हाम्रो अभियानमा संलग्न भइरहेका छन्, जनतामा आशा र विश्वास छ, चुनावमा राम्रो नतिजा आउनेछ। यसै क्रममा मेयरले दार्जिलिङ लोकसभामा भाजपाका उम्मेदवार राजु विष्टको आलोचना गर्दै विष्णुप्रसाद शर्माले भूमिको छोरा भएको दाबी गर्नु जायज रहेको बताए। विष्णुप्रसाद शर्मा मात्रै भूमिपुत्र हुन सक्छन्, राजु विष्टको भूमिपुत्र भएको दाबी हास्यास्पद छ।
About Author
Post Views: 29