अर्जेण्टिनाले जिते पनि ब्राजीलको ड्र

IMG-20240327-WA0114.jpg

म्याड्रिड: विश्वभरि जारी इण्टरनेशनल फ्रेण्डली फूटबल म्याचहरूअन्तर्गत फिफा वर्ल्ड कप च्याम्पियन अर्जेण्टिनाले आफ्नो म्याच जिते पनि ब्राजील चाहिँ ड्र-मा रोकियो। अर्जेण्टिनाले बुधवार खेलिएको म्याचमा कोस्टा रिकालाई ३-१-ले पराजित गऱ्यो। लस एञ्जिल्सको युनाइटेड एयरलाइन्स फील्डमा खेलिएको यस म्याचमा आफ्नो स्टार फूटबलर लियोनल मेस्सी बिना मैदानमा ओर्लिने अर्जेण्टिना म्याचको मध्यान्तरसम्म ०-१-ले पछि थियो तर टीमले दोस्रो हाफमा असाधारण प्रदर्शन गर्दै म्याच जित्यो।

म्याचमा ७५ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाई टीमबाट एञ्जेल डी मारियाले ५२औं, एलेक्सिस म्याक एलिस्टरले ५६औं र लौटारो मार्टिनेजले ७७औं मिनटमा गोल गरे। यसरी कोस्टा रिकाबाट मेनफ्रेड उगाल्डेले ३४औं मिनटमा गोल गरे। यसबीच ब्राजीलले चाहिँ स्पेन विरुद्ध म्याच जसोतसो ३-३-ले ड्र गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा एक समय स्पेनिश टीम २-०-ले अघि रहेको थियो। म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने होम टीमबाट रोड्रीले १२औं र ८७औं मिनटमा २ गोल गरे। उनले दुवै गोल पेनल्टीबाट गरे। यसरी डानी ओल्मोले ३६औं मिनटमा गोल गरे।

म्याचको शुरुमै २ गोल खाएपछि ब्राजीलको निम्ति रोड्रिगोले ४०औं र एण्ड्रिकले ५०औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। रोड्रीले पछिबाट स्पेनलाई जीतको संघारमा पुऱ्याएका थिए तर लुकास पाक्वेटाले अन्तिम क्षण (इञ्ज्युरी टाइमको छैटौं मिनट)-मा पेनल्टीबाट गोल गरी ब्राजीलाई हारबाट बचाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement