चेन्नईको निम्ति म्याच विजेता बनेर खुशी छन् शिवम दुबे

IMG-20240327-WA0108.jpg

चेन्नई: चेन्नई सुपर किंग्सको तर्फबाट आईपीएल २०२४ सीजनमा शिवम दुबेको सबैको ध्यान आकर्षित गरेका छन्। उनले दुईवटा म्याचमा ६ वटा छक्काको साथ ८५ रन बनाइसकेका छन्। उनले रोयल च्यालेञ्जर्स बेंगलोर विरुद्ध ३४ र यसपाली गुजरात टाइटन्स विरुद्ध ५१ रन बनाएर आफ्नो टीमलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मंगलवार एमए चिदम्बरम स्टेडियममा म्याच जितेपछि प्लेयर अव् द म्याच चयन भएका दुबेले चेन्नई सुपर किंग्स प्रबन्धनको प्रशंसा गरे। उनले यस फ्रेञ्चाइजीलाई अन्य सबैभन्दा अलग बताए। दुबेले भने, यस फ्रेञ्चाइजीले मलाई स्वतन्त्रता दिइरहेको छ अनि म टीमको निम्ति केही म्याच जित्न चाहन्छु। म अहिले आफ्नो स्वाभाविक खेल खेल्न सकिरहेको छु। यसले मलाई फाइदा भएको छ। मलाई विपक्षी पेस बलरहरूले शर्ट बलिंग गर्ने थाहा छ अनि म पनि तयार रहन्छु। टीमले मबाट उच्च स्ट्राईक रेट चाहन्छ अनि म यस्तै गर्न चाहन्छु। यसरी चेन्नईका पेस बलर दीपक चाहरले भने, खेल्न शुरु गरेदेखि नै म पावरप्ले-मा ३ ओभर बलिंग गर्दै आइरहेको छु अनि म यसको आदी छु। अहिले नयाँ नियमहरूको साथ जतिसक्दो असल बलिंग गर्ने प्रयास गरिरहेको छु। पहिला बलरले पहिलो २-३ बलमै बाउन्सर फ्याँके ब्याटर रहल बलहरूमा फूल लेन्थ बलिंगको निम्ति तयार रहन्थे तर अहिले एक ओभरमा दुईवटा बाउन्सरको अनुमतिको नयाँ नियमले पेस बलरहरूलाई फाइदा भएको छ। यहाँको पीचमा सदा बाउन्स रहन्छ। यसैकारण बलिंग गर्नु मजा आउँछ। चाहरले म्याचमा विपक्षी टीमका दुवै ओपनरलाई पभेलियन पठाएका थिए।
मंगलवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्सले ६ विकेटमा २०६ रनको विशाल स्कोर बनायो। दुबेले ५ वटा छक्का र २ वटा चौकाको साथ २३ बलमा सर्वाधिक ५१ रन बनाए। यसबाहेक रचिन रविन्द्र र रुतुराज गायकवाड़ले ४६-४७ रनको योगदान दिए। यसमा रचिनले २० बल खेलेर ६ वटा चौका र ३ वटा छक्का लगाए। गुजरातका बलरहरूमा राशिद खानले सर्वाधिक २ विकेट लिए। जवाफमा गुजरात टाइटन्सले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए। रिद्धिमान साहा र डेविड मिलरले २१-२१ रनको योगदान दिए। चेन्नईका बलरहरूमा चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement