बोर्डर-गावस्कर टेस्ट सीरीजको कार्यक्रम घोषित

IMG-20240327-WA0097.jpg

नयाँ दिल्ली: क्रिकेट अष्ट्रेलियाले भारतको अष्ट्रेलिया यात्रा २०२४-२५-को कार्यक्रम जारी गरेको छ। बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजमा अब पाँचवटा टेस्ट म्याच खेलिनेछ। सीरीजको पहिलो टेस्ट २२ नोभेम्बरदेखि पर्थमा शुरु हुनेछ। अष्ट्रेलियालाई उनीहरूको माटोमै लगातार सीरीजमा पराजित गर्ने एकमात्र टीम भारतले यसपाली पर्थबाट यात्राको शुरुवात गर्नेछ। गत दुई यात्रामा भारतले सीरीजको पहिलो म्याच एडिलेड ओवल मैदानमा खेलेको थियो। यसपली एडिलेडमा दोस्रो टेस्ट म्याच (५-१० दिसम्बर) खेलिनेछ, जुन डे-नाइट हुनेछ। तेस्रो टेस्ट म्याच १४ दिसम्बरदेखि ब्रिसबेनको गाबामा शुरु हुनेछ। बक्सिंग डे टेस्ट र नयाँ सालको टेस्ट म्याच आयोजन स्थलमा चाहिँ कुनै फेरबदल भएको छैन। बक्सिंग डे टेस्ट म्याच २६ दिसम्बरदेखि सदा झैं मेलबर्न क्रिकेट ग्राउण्डमा हुनेछ। यसरी पाँचौं तथा अन्तिम टेस्ट म्याच (३-७ जनवरी) सिडनीमा खेलिनेछ। बीसीसीआईले खेलाड़ीहरूलाई डे-नाइट टेस्ट म्याच अघि गुलाबी बलको साथ अभ्यास गर्ने पर्याप्त समय दिने पक्षमा रहेको हुनाले पहिलो र दोस्रो टेस्टबीच निक्कै लामो अन्तर राखिएको छ।

About Author

Advertisement