अफगानिस्तान विरुद्ध भारतको निराशाजनक हार

IMG-20240327-WA0093.jpg

गुवाहटी: फिफा विश्व कप २०२६ र एएफसी एशियन कप २०२७-को प्रारम्भिक संयुक्त क्वालीफायरको तेस्रो राउण्डमा स्थान बनाउने भारतको सम्भावनालाई मंगलवार ठूलो धक्का लाग्यो। भारतले गुवाहटीको इन्दिरा गान्धी एथलेटिक स्टेडियममा अफगानिस्तान विरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। घरेलु प्रशंसकहरूले भरिएको स्टेडियममा खेल्दै भारत मध्यान्तरसम्म पनि १-०-ले अघि रहेको थियो तर अफगानिस्तानले पनि दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्याच जित्यो। आफ्नो १५०औं अन्तर्राष्ट्रिय म्याच खेलिरहेका भारतीय कप्तान सुनिल छेत्रीले ३८औं मिनटमा पेनल्टीबाट गोल गरी भारतलाई बढ़त दिलाए। त्यसपछि रहमत अकबरीले ७०औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। अन्तमा शरीफ मुकहम्मदले ८८औं मिनटमा पेनल्टीबाट गोल गरेर अफगानिस्तानलाई जीत दिलाए। आफ्नो होम म्याचमा ३ पोइण्ट्सको नोक्सानपछि भारतको चारवटा टीमहरूका राउण्ड २ ग्रुपमा चारवटा म्याचमा केवल ४ पोइण्ट्स रह्यो। कतर ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा छन्। यसरी अफगानिस्तानसँग पनि त्यति नै म्याचमा ४ पोइण्ट्स रहेको छ। भारतसँग अब केवल दुईवटा म्याच बाँचेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *