सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले भरे लोकसभा आसनमा नामङ्कन

IMG-20240326-WA0272.jpg

गान्तोक: सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राई पनि चुनावी मैदानमा उत्रिएका छन्। पार्टीका लोकसभा उम्मेद्वारको रुपमा उनले आज आफ्नो नामङ्कन पत्र बुझाए। एसआरपी-ले एकमात्र लोकसभा बाहेक जम्मा ३२ वटा विधानसभा आसन मध्ये रिकान निर्वाचन क्षेत्रबाट मात्र उम्मेद्वार चुनावी मैदानमा उतारने भएको छ।

नामङ्कन पत्र बुझाउन गान्तोक जिल्लाका जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकारीको कार्यालय आउँदा पत्रकारहरूसित कुराकानी गर्दै सिक्किम रिपब्लिकन पार्टीले पार्टीको अस्तित्वलाई जिवन्त राख्नको लागि लोकसभा र एउटा विधानसभा क्षेत्रमा उम्मेद्वार खड़ा गर्ने निर्णय लिएको अध्यक्ष राईले बताए। उनको भनाइअनुसार सिक्किम र सिक्किमेको हक-अधिकारको मुद्दालाई बुझेर मतदान गर्ने सोचको विकास सिक्किमवासीमा अझै पनि विकास हुननसकेकोले पार्टीले सरकार गठन गर्ने उद्देश्यको साथमा सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारिता नदिएको उनले बताए।

अर्कोतिर सिक्किम र सिक्किमेको हक र अधिकारका सुरक्षाको मुद्दा लिएर आफू स्वंय लोकसभा चुनाउमा उत्रिएको केबी राईले बताए। सिक्किमे जनताले आफूलाई लोकसभा सांसदको रुपमा सेवा गर्ने अवसर दिएको खण्डमा संसदमा निर्भकतासित सिक्किम र सिक्किमेका निम्ति आवाज उठाउने उनले थप बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *